logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चौरासीमा जनमुक्ति अग्रपंक्तिमा आउँछ : अध्यक्ष सुर्यवंशी


    १५ भाद्र २०८२ , आइतबार

    चौरासीमा जनमुक्ति अग्रपंक्तिमा आउँछ : अध्यक्ष सुर्यवंशी

    भैरहवा, भाद्र १५ । तिलोत्तमा–१४ वडासमितिको चौथो अधिवेशन १४ गते तिलोत्तमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशव सुर्यवंशीले आउँदो चौरासीमा जनमुक्ति पार्टी अग्रपंक्तिमा आउने दाबी गरे।

    अध्यक्ष सुर्यवंशीले धनबलले होइन, विचारको बलले जन्मिएको पार्टी भएकाले यस उपनिर्वाचनमा पनि पार्टीले सशक्त उपस्थिति जनाउने बताए। उनले प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि पूर्ण संघीयता, समानुपातिक प्रतिनिधित्व र भ्रष्टाचार अन्त्यजस्ता विषय लिएर जनता माझ जाने बताए। पार्टीका लागि कठिन परिस्थिति हुँदाहुँदै पनि स्थानीय तहले देखाएको जोश, जाँगर र उत्साहको उनले प्रशंसा गरे।

    संघीय परिषद सदस्य अशोक पुनले उपनिर्वाचन नजिकिँदै गर्दा वडा, पालिका र नगर समितिहरूले निर्वाचन लक्षित कार्यक्रम र रणनीति बनाएर अघि बढ्नुपर्ने धारणा राखे।

    सो अवसरमा मगर महासंघका अध्यक्ष छत्र दर्लामी, लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङलगायतका स्थानीय नेताहरूले शुभकामना मन्तव्य दिएका थिए।

    वडासमितिका अध्यक्ष दल बहादुर थापाको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष आशा रानाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव शान्ति पुनले गरेका थिए।

    अधिवेशनबाट अध्यक्ष दल बहादुर थापा, वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद बुढाथोकी, उपाध्यक्ष बल बहादुर राना, महिला उपाध्यक्ष विष्णु थापा, सचिव शान्ति पुन, सह–सचिव गंगा अधिकारी पुन, कोषाध्यक्ष रेशम राना, सह–कोषाध्यक्ष ममता पुन, सदस्यहरू रिता कुमारी पुन, देवी पुन, राम नरायण केवट, महम्मद ओसिन नवाब खान, मिना राहादी पुन, विष्णु छन्त्याल र सरस्वती पुन निर्वाचित भएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.