भैरहवा, भाद्र १९ । एनएमबी बैंक लिमिटेडका ग्राहकलाई रुपन्देहीको भैरहवास्थित चारतारे एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) ले विशेष छुट प्रदान गर्ने भएको छ। बिहीबार बैंक र होटलबीच भएको सम्झौताअनुसार बैंकका डेबिट, क्रेडिट कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटलका सम्पूर्ण सेवासुविधामा १५ प्रतिशत छुट पाउने भएका छन्।
सम्झौता एक वर्षका लागि लागू हुने गरी भएको हो। सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, असिस्टेन्ट म्यानेजर विमल शर्मा, बैंकका शाखा प्रबन्धक अर्जुन ज्ञवाली र रिलेशन म्यानेजर दिनेश बस्यालको उपस्थिति रहेको थियो।
सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित एसियन बुद्ध होटल चारतारे स्तरको होटल हो, जसले आगन्तुकलाई आधुनिक सुविधा सहितको सेवाप्रदान गर्दै आएको छ।