लुम्बिनीखबर
भैरहवा– जेनजी आन्दोलनले रुपन्देहीमा पनि तोडफोडको अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले निषेध आदेश जारी गरेका हुन् ।
प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, ‘रुपन्देहीको विभिन्न क्षेत्रमा हुनसक्ने प्रदर्शन, जुलुस, हुर दंगा आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भाङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी मिति २०८२/०५/२४ गते ९:३० बजेदेखि अर्को आदेश नभएसम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८(संशोधित सहित) को दफा ६ को उपदफा (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना व्यक्ति भेला जम्मा भई अनसन, धरना,घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कार्यवाही हुने आदेश जारी गरेको छ ।’ प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।