logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवामा शान्ति सद्भाव र्याली सम्पन्न


    २७ भाद्र २०८२ , शुक्रबार

    भैरहवामा शान्ति सद्भाव र्याली सम्पन्न

    लुम्बिनीखबर

    सिद्धार्थनगर,  २७ भदौ । भैरहवामा आज (शुक्रवार) शान्ति सद्भाव प्रवर्द्धनका लागि एक र्याली सम्पन्न भएको छ।

    उक्त र्याली बेलहियाबाट सुरु भई भैरहवाको बुद्ध चोकमा समापन भएको हो।

    भैरहवाका विभिन्न सामाजिक संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न यो कार्यक्रममा स्थानीय समुदायको  सहभागिता रहेको थियो।

    यो र्याली भदौ २३ गतेदेखि देशव्यापी रूपमा जेन–जी पुस्ताले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु गरेको आन्दोलनको पृष्ठभूमिमा आयोजित भएको हो। जेन–जी आन्दोलनले देशका विभिन्न भागमा हिंसात्मक घटनाहरू निम्त्याएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको सन्दर्भमा भैरहवाबाट शान्तिको सन्देश प्रवाह गर्न यो र्याली आयोजना गरिएको आयोजकहरूले बताएका छन्।

    र्यालीको उद्देश्य समाजमा शान्ति, एकता र सद्भाव कायम राख्नुका साथै हालैका हिंसात्मक घटनाहरूबाट उत्पन्न तनावलाई कम गर्नु रहेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा स्थानीय व्यापारी, सामाजिक कार्यकर्ता  र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

    आन्दोलनका क्रममा  प्रदर्शनकारीले  सरकारी तथा निजी क्षेत्रमा आगजनी र तोडफोड गरेका थिए।  आन्दोलनपछि अराजक तत्वहरूले सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेपछि जिल्ला प्रशासनले कर्फ्यू जारी गरेको थियो। र्यालीका  आयोजक लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले भने, “जेन–जी पुस्ताको आन्दोलनले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाएको छ, जुन स्वागतयोग्य छ। तर, हिंसात्मक गतिविधि र सम्पत्ति तोडफोडले समाजमा अशान्ति निम्त्याएको छ। हामी यो र्यालीमार्फत सबैलाई शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र समस्याको समाधान संवादबाट खोज्न अपिल गर्छौं।”

    भैरहवाको शान्ति सद्भाव र्यालीले हालैको अशान्त परिस्थितिमा शान्तिको सन्देश प्रवाह गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.