logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सरकारले असोज १ मा शोक दिवस मनाउने, सार्वजनिक बिदा घोषणा


    ३१ भाद्र २०८२ , मंगलबार

    सरकारले असोज १ मा शोक दिवस मनाउने, सार्वजनिक बिदा घोषणा

    लुम्बिनीखबर

    भैरहवा  ।नेपाल सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

    मन्त्री अर्यालका अनुसार, असोज १ गते सार्वजनिक बिदा दिइने छ र जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिनेछ। साथै, आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ। ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय पनि भएको छ।

    जेनजी आन्दोलनका क्रममा भदौ १४ र २३ गते देशभर ७२ जनाले ज्यान गुमाएका थिए भने २,३१६ जना घाइते भएका थिए। घाइतेमध्ये २८३ जना अझै देशका विभिन्न अस्पतालमा उपचाररत छन्, जबकि अन्य निको भएर घर फर्किसकेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.