logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द


    ३१ भाद्र २०८२ , मंगलबार

    रुपन्देही–३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    लुम्बिनीखबर

    भैरहवा । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ। यो निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभालाई विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेपछि भएको हो।
    निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी मिति तोकिएको थियो। तर, संसद् विघटनसँगै उपनिर्वाचनको आवश्यकता नरहने हुँदा आयोगले बाँकी सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
    निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिको कार्यालयबाट प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएकाले उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ।”
    यो घटनाले नेपालको राजनीतिक परिदृश्यमा नयाँ मोड ल्याएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.