राकेश कोहाँर । लुम्बिनीखबर
ओमसतिया, असोज । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–९ गोनहियाको ड्याममा पौडीे खेल्न गएका ओमसतिया गाउँपालिका–५ सिसहनियाका १६ वर्षीय श्यामु गुप्ताको डुवेर मृत्यु भएको छ ।
घटना विहिवार (हिजो) २ गते दिउँसो करिब ३ बजे साथीहरुसंग पौडी खेल्न गएका श्यामुको डुवेर मृत्यु भएको हो । डुबेपछि साथीहरूले घटनास्थलमा खोजतलास गरेका थिए ।
ड्याममा पौडी खेल्ने क्रममा डुबेका श्यामुलाई साथीहरूले तत्काल उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् । श्यामुको परिवारले थाहा पाउनसाथ भदौ २ गते नै प्रहरी र स्थानीय बासिन्दाहरूले घटनास्थलमा खोजी गरे पनि कुनै सुराग फेला परेन ।
गोताखोर टोली र स्थानीयको संयुक्त टोलीले भदौ ३ गते (आज) बिहान ८ बजे देखि खोजी कार्यलाई तीव्रता दिए । पानी परिरहेको अवस्थामा सशस्त्र प्रहरी गोताखोर टोली र स्थानीयहरू ड्यामको क्षेत्रमा पुगेर निरन्तर खोजतलास गर्दा डुबेका श्यामुलाई मृतक अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी सुरज कार्कीले बताए ।
उनको शव पोष्टमार्टमका लागि भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।