logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    दसैंमा सुनचाँदीको मूल्यमा उछाल


    ६ असोज २०८२ , सोमबार

    दसैंमा सुनचाँदीको मूल्यमा उछाल

    लुम्बिनीखबर
    भैरहवा, असोज। चाडपर्वको मुहानमा प्रवेश गर्दै गर्दा सुनचाँदीको मूल्यले ऐतिहासिक उचाइ छोएको छ। दसैं–तिहारजस्ता प्रमुख पर्वहरूमा सुनचाँदीको खरिदबिक्री चरममा पुग्ने भएकाले बजारमा उत्साहजनक माहोल छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शनिबार जारी गरेको प्रतिवेदनअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन विगतका वर्षहरूको तुलनामा ४३ प्रतिशतभन्दा बढीको वृद्धि हो। यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ।
    महासंघका अनुसार, यो मूल्य अघिल्लो दिनको तुलनामा सुनमा १ हजार ९०० रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको हो। यसअघि सोमबार सुनको मूल्य २ लाख १५ हजार २०० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६८३ अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर परेको छ। यस सातामै सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला २ लाख १० हजार ४०० सम्म पुगेको थियो, तर दसैंको माग बढेसँगै थप उछाल आएको व्यवसायीहरूले बताएका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.