logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न


    ६ असोज २०८२ , सोमबार

    लुम्बिनीमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा सम्पन्न

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, असोज । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६, पर्सामा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    लुम्बिनी सेवा केन्द्रका संयोजक सफीउर्रहमान अन्सारीले सहकारीको प्रगति विवरण प्रस्तुत गर्दै संस्थामा हाल ३९,२३७ जना शेयर सदस्य रहेको, कुल सम्पत्ति ४४४ करोड र कुल ऋण ३३३ करोड रहेको जानकारी दिनुभयो । साथै, संस्थामा ८९ जना कर्मचारी कार्यरत रहेको र विभिन्न सामाजिक तथा सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।
    सहकारीले आर्थिक वर्ष २०८१ मा गर्भवती भेटघाट, सुत्केरी भेटघाट, युवा सदस्य स्वागत, चेली विदाई, ज्येष्ठ सदस्य सम्मान, दुर्घटना बीमा वितरण, छात्रवृत्ति वितरण, प्राणघातक रोग उपचार सहयोग लगायतका कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तावित योजना पनि सभामा प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा नीलकण्ठ गुप्ताका छोरा रामसमुज गुप्ता तेलीको परिवारलाई दुर्घटना बीमाबापत पाँच लाख रुपैयाँ वितरण गरिएको थियो । साथै, भाग्यशाली कुपन योजनामा केनमती बनिया, राजेन्द्र धोबी र शिपशय पासीलाई विद्युतीय इन्डक्सन चुलो पुरस्कारस्वरुप प्रदान गरिएको थियो ।
    समाजसेवी उपेन्द्र अधिकारीले दुर्घटना बीमा, स्वास्थ्य व्यवस्थापन र बचतको महत्वमाथि प्रकाश पार्दै यस्ता कार्यक्रमले हरेक समस्याबाट जोगिन सकिने बताउनुभयो । शेयर सदस्य रेनु गौतमले विशेषगरी महिलाहरुका लागि बचतको महत्व र यसले घरायसी व्यवस्थापनमा सहजता ल्याउने कुरा जानकारी गर्नुभयो ।
    कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमको अध्यक्षता लुम्बिनी सेवा केन्द्र संयोजक सफीउर्रहमान अन्सारीले गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा ज्येष्ठ शेयर सदस्य गोविन्द सुबेदी, विशिष्ट अतिथिको रुपमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० का वडा सदस्य तुलसी भुसाल, शेयर सदस्य रेनु गौतम, समाजसेवी अब्दुल अजिज खाँन, लुम्बिनी सेवा केन्द्र व्यवस्थापन समिति सदस्य शंकर प्रसाद मल्लाह, शंकर गौतम, रुबिना खातुनलगायत सम्पूर्ण जनउत्थान बचत सहकारीका कर्मचारी, शेयर सदस्य, समाजसेवी र बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो, जसमा अतिथिहरुको स्वागत र शुभकामना मन्तव्यसहित कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन टिका कटेलले गर्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.