logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    वरिष्ठ पत्रकार मनोरञ्जन शर्माको निधन


    ६ असोज २०८२ , सोमबार

    वरिष्ठ पत्रकार मनोरञ्जन शर्माको निधन

    लुम्बिनीखबर
    भैरहवा । वरिष्ठ पत्रकार मनोरञ्जन शर्माको शनिबार निधन भएको छ । विगत दुई वर्षदेखि क्यान्सरबाट ग्रसित शर्माको उपचारका क्रममा शनिबार बेलुकी ५ बजे रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटलमा निधन भएको हो ।
    शर्माले भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ कारोबार दैनिक, न्यूज ओके सम्पादक लगायत विभिन्न सञ्चार माध्यममा आबद्ध रहनुभएको थियो । पत्रकारितामा समर्पित उहाँको योगदानले भैरहवा क्षेत्रको सञ्चार जगतमा विशेष पहिचान बनाएको थियो ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सल्लाहकार समेत रहनुभएका शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताउनुभयो । “शर्माको निधनले हामी सबैलाई गहिरो दुख लागेको छ । उहाँको पत्रकारिताप्रतिको लगन र समर्पण सधैं स्मरणीय रहनेछ,“ रायमाझीले भन्नुभयो ।
    शर्माको परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार, उहाँकोअन्त्येष्टि स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा आइतवार गरियो   ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.