लुम्बिनीखबर
भैरहवा, कार्तिक । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ। ६५ वर्षीय गौतमको मृत्यु धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला भएको हो।
सरकारले डेडिकेटेड ट्रंक लाइनको महशुल नतिरेको भन्दै उद्योगहरूको विद्युत लाइन काटेको विरोधमा जिफन्टले भैरहवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि धर्ना आयोजना गरेको थियो। सोही कार्यक्रममा भाषण गर्दै गर्दा गौतम अचानक ढलेका थिए।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।