logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण


    ६ मंसिर २०८२ , शनिबार

    रोहिणी गाउँपालिकाद्वारा पशुपालक किसानलाई निशुल्क औषधि र घाँसको बिउ वितरण

    पशुपति यादव। लुम्बिनीखबर
    रोहिणी , ७ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिकाले पशुपालनमा संलग्न किसानहरूलाई निशुल्क पशु औषधि र हिउँदे बर्सिम जातको घाँसको बिउ वितरण गरेको छ। पशु शाखामार्फत सञ्चालित यो कार्यक्रमले किसानहरूलाई पोसिलो घाँसको आपूर्ति सुनिश्चित गर्दै पशुपालन व्यवसायलाई थप व्यवस्थित र लाभदायक बनाउने लक्ष्य राखेको छ।
    कार्यक्रमलाई सम्बोधन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले पालिकाले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले वडास्तरमा पशु प्राविधिकहरू परिचालन गरी गाउँ-गाउँमै पुगेर पशुको निशुल्क चेकजाँच र उपचारको व्यवस्था मिलाएका छौं। पोसिलो घाँसको बिउ, भिटामिन र जुकाको औषधि वितरण पनि सोही अभियानको एउटा हिस्सा हो।”
    अध्यक्ष यादवका अनुसार पालिकाले पशुको यकिन संख्या लिएर व्यवसायिक फार्म सञ्चालक तथा साना पशुपालक दुवैलाई यी सामग्री वितरण गरेको छ। वडा नं. १ देखि ७ सम्मका किसानहरू यो सुविधाबाट लाभान्वित भएका छन्।
    पशु शाखा प्रमुख विनोद ठाकुरले घाँसको अभावले पशुको उत्पादनमा पर्ने असर न्यूनीकरण गर्न र किसानमा पोसिलो घाँसप्रति सचेतना जगाउन बिउ वितरणलाई विशेष महत्त्व दिइएको बताउनुभयो।
    पालिकाले दूधमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सचेतना कार्यक्रम, पशु उपचार तालिम र बजार व्यवस्थापनमा पनि जोड दिएको छ। धकधई बजार क्षेत्रमा दूधको माग र खपत राम्रो रहेकाले पछिल्लो समय युवाहरूको आकर्षण पनि बढ्दै गएको अध्यक्ष यादवले जानकारी दिनुभयो।
    “पशुपालन अब परम्परागत पेशा मात्र होइन, सम्मानजनक र लाभदायक व्यवसाय बन्दैछ। युवाहरूलाई यसतर्फ आकर्षित गर्न पालिका हरसम्भव सहयोग गर्न तयार छ,” अध्यक्ष यादवले भन्नुभयो।
    यो कार्यक्रमबाट सयौं पशुपालक किसान प्रत्यक्ष लाभान्वित भएका छन् भने गाई-भैंसी र बाख्रा पालनमा लागेका व्यवसायीहरूले पनि पालिकाको सहयोगको प्रशंसा गरेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.