logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिद्धार्थनगर सिटी हस्पिटलमा सफल डायलाइसिस लिएर ९२ वर्षीय म्यानमारी भिक्षु स्वदेश फर्किए


    १० मंसिर २०८२ , बुधबार

    सिद्धार्थनगर सिटी हस्पिटलमा सफल डायलाइसिस लिएर ९२ वर्षीय म्यानमारी भिक्षु स्वदेश फर्किए

    लुम्बिनीखबर
    सिद्धार्थनगर, १० मंसिर । म्यानमारबाट भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी भ्रमणका लागि आएका ९२ वर्षीय भिक्षु भदन्त पाउक सायादव अँचिन्नले सफलतापूर्वक डायलाइसिस सेवा लिएर स्वदेश फर्किनुभएको छ ।
    लुम्बिनीमा २०,००० साल ९आयुर्वेदिक वृक्ष० का बिरुवा रोप्ने धार्मिक अभियानका साथ म्यानमारका भिक्षुहरूको टोली कात्तिक २८ गतेदेखि ३० गतेसम्म नेपाल भ्रमणमा थियो । सोही टोलीका वरिष्ठ भिक्षु भदन्त पाउक सायादव अँचिन्नलाई नियमित डायलाइसिस आवश्यक पर्ने भएकाले उहाँको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सिद्धार्थनगर सिटी हस्पिटलले विशेष व्यवस्था गरेको थियो ।
    हस्पिटलको विदेशी पाहुनाहरूका लागि छुट्याइएको अन्तर्राष्ट्रिय डायलाइसिस युनिटमा धम्मा दायाद ध्यानकेन्द्रको प्राविधिक सहयोगमा भिक्षु महोदयलाई पाँच पटकसम्म सफल र सुरक्षित डायलाइसिस सेवा प्रदान गरिएको हस्पिटलका वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.सुबोध कुमार पाण्डे जानकारी दिनुभयो ।
    “उहाँ जस्तो वयोवृद्ध र सम्मानित भिक्षुको स्वास्थ्यलाई हामीले अत्यन्त संवेदनशीलतापूर्वक हेर्यौं । इन्टर्नेशनल युनिटमा छुट्टै कोठा, अनुभवी डायलाइसिस टेक्निसियन र चिकित्सकको टोलीले सेवा दिनुभयो,” वरिष्ठ मृगौला रोग विशेषज्ञ डा.सुबोध कुमार पाण्डे ले भन्नुभयो, “उहाँले सेवा पाएर अत्यन्त खुसी हुनुभयो र धन्यवादसहित म्यानमार फर्किनुभएको छ ।”
    सिद्धार्थनगर सिटी हस्पिटलले नेपाली तथा विदेशी बिरामीलाई दुवैलाई संक्रमणमुक्त ९इनफेक्शन–फ्री० तथा पारिवारिक वातावरणमा डायलाइसिस सेवा दिँदै आएको छ । हस्पिटल स्रोतका अनुसार लुम्बिनी भ्रमणमा आउने विदेशी डायलाइसिस बिरामीहरूका लागि पनि यो सेवा सहज र विश्वसनीय रहेको भन्दै उहाँहरू निःसंकोच सेवा लिन सक्ने बताइएको छ ।
    “एउटै छानामुनि सबै सुविधा उपलब्ध छ । लुम्बिनी आउने जो कोही विदेशी डायलाइसिस बिरामीले पनि यहाँ सेवा लिएर आफ्नो धार्मिक यात्रा सहजै पूरा गर्न सक्नुहुन्छ,” हस्पिटल स्रोतले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.