पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, मंसिर । रोहिणी गाउँपालिका–६ पर्सामा अवस्थित नमुना बहुउद्देशीय सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले सम्बोधन गर्दै “गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी, परिवारमा रोजगारी” भन्ने मूल नारालाई साकार पार्नु नै जनताको उन्नति, प्रगति र देशको समृद्धिको आधार भएको बताउनुभयो।
उहाँले सहकारीले मल वितरणदेखि सम्पूर्ण आर्थिक कारोबारमा पूर्ण पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो। साथै, रासायनिक मल वितरणमा कृषकहरूले सहज र पर्याप्त मात्रामा मल पाउनुपर्ने भन्दै उहाँले कृषि सामग्री कम्पनीलगायत सम्बन्धित निकायलाई आवश्यक मल उपलब्ध गराउन आग्रह गर्नुभएको थियो।

सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रामरोहित चमारले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमाथि छलफलपश्चात् साधारणसभाले सर्वसम्मतिले पारित गरेको छ।
त्यसैगरी सचिव रामु हरिजनले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि पनि छलफल गरी सर्वसम्मतिले अनुमोदन गरिएको थियो। सचिव हरिजनका अनुसार हाल संस्थामा ३०३ जना शेयर सदस्य रहेका छन्।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा रोहिणी–६ का वडाध्यक्ष इन्द्रमान चौधरी, लेप्रोसी मिसन नेपालकी प्रतिनिधि सीता आले तथा ठूलो संख्यामा शेयर सदस्यहरूको उपस्थिति रहेको थियो। शेयर सदस्यहरूको सहभागितामा साधारणसभा भव्य र सौहार्दपूर्ण रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ।
सहकारीको पुजी तथा दायित्व र सम्पति ः
