असलम खान। लुम्बिनीखबर
मर्चवार, मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ ले दुई जनाको नाम सिफारिस गरेको छ।
बुधबार मर्चवारी गाउँपालिका–५ स्थित मर्चवारी देवी धर्मशालामा बसेको नेपाली कांग्रेस मर्चवार क्षेत्रीय कार्यसमितिको विस्तारित बैठकले प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यका लागि अशुतोष मिश्रा र गोपाल पाण्डेको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। बैठकले राष्ट्रिय सभा सदस्यका लागि तौलन मुसलमान र कृष्ण कुमारी पोखरेल र समानुपातिक प्रतिनिधि सभा सदस्यका लागि राजकुमार सिंह र अवधराम यादवको नाम पनि सिफारिस गरेको छ।
रुपन्देही क्षेत्र नं. ४ (ख) बाट प्रदेश सभा सदस्य वशिउद्दिन खानले बैठकको निर्णय सार्वजनिक गर्दै भने, “मर्चवार क्षेत्रीय समितिको बैठकले पार्टी केन्द्रमा पठाउनका लागि तिन वटै पदका लागि दुई-दुई जनाको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ अशुतोष मिश्र, गोपाल पाण्डे।राष्ट्रिय सभातर्फ तौलन मुसलमान र केष्ण कुमारी पोखरेल।समानुपातिकतर्फ राजकुमार सिंह र अवधराम यादवको नाम सर्वसम्मत सिफारिस गरिएको हो।”