logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ मा उम्मेदवार छनोटमा दुई समूहबीच विभाजन


    २४ मंसिर २०८२ , बुधबार

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ मा उम्मेदवार छनोटमा दुई समूहबीच विभाजन

    असलम खान। लुम्बिनीखबर 

    मर्चवार,  मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ मा पार्टीको आधिकारिक उम्मेदवार छनोट प्रक्रियामा दुई फरक समूहले छुट्टाछुट्टै नाम सिफारिस गरेका छन्। यसले क्षेत्रीय तहमा नै गुटगत विभाजन स्पष्ट रूपमा देखिएको छ।

    बुधबार  कोटहीमाई गाउँपालिका–५ मझगावाँमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले  प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रमोद कुमार यादव, रजनी अचार्य र आरती केवटको नाम सिफारिस गरेको क्षेत्रीय सभापति मुकेश यादवले जानकारी दिनुभयो।

    यही दिन मर्चवार गाउँपालिका–५ स्थित मर्चवारी देवी धर्मशालामा बसेको अर्को नेपाली कांग्रेस मर्चवार क्षेत्रीय कार्यसमितिको विस्तारित बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ अशुतोष मिश्र र गोपाल पाण्डेको नाम सर्वसम्मतिले सिफारिस गरेको  प्रदेश सभा सदस्य (ख) बशिउद्दिन खानले जानकारी दिनुभयो।

    कोटहीमाईमा बसेको बैठकले राष्ट्रिय सभा तर्फ रामनारायण यादव, प्रतिनिधिसभा समानुपातिक तर्फ टेकबहादुर घले, सन्तराम प्रसाद हरिजन, रामनरेश प्रसाद पासी, केतकी हरिजन र सर्वदा मोर्या को नाम सिफारिस गरेको क्षेत्रीय सभापति मुकेश यादवले जानकारी दिनुभयो ।

    यता, मर्चवार क्षेत्रीय समितिको बैठकले  राष्ट्रिय सभा सदस्य तर्फ तौलन मुसलमान र कृष्णकुमारी पोखरेल, प्रतिनिधिसभा समानुपातिक तर्फ राजकुमार सिंह र अवधराम यादव गरी दुई–दुई जनाको नाम सिफारिस गरेको प्रदेश सभा सदस्य (ख) बशिउद्दिन खानले सार्वजनिक गर्नुभएको थियो।

    अब यी दुवै पक्षले सिफारिस गरेका नाम पार्टी केन्द्रमा पुग्नेछन् र अन्तिम टिकट वितरणमा यो विभाजनले ठूलो भूमिका खेल्ने देखिन्छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.