logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सम्मरीमाईमा बृहत रक्तदान कार्यक्रम, महिलाले पनि गरे रक्तदान


    ९ पौस २०८२ , बुधबार

    सम्मरीमाईमा बृहत रक्तदान कार्यक्रम, महिलाले पनि गरे रक्तदान

    असलम खान । लुम्बिनीखबर 

    मर्चवार, पुस। रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा बुधवार ( आज) बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

     

    गाउँपालिकाको आयोजनामा, नेपाल नियमित रक्तदान संघको प्राविधिक सहयोगमा फरेना स्थित गाउँपालिका कार्यालय परिसरमा यो कार्यक्रम आयोजना गरिएको हो। सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझी सहित युवा, जनप्रतिनिधि, कर्मचारी र समाजसेवी, तिन जना अनमीहरुले पनि रक्तदान गरेका थिए। 

    कार्यक्रमबाट कुल ४१ युनिट रगत संकलन भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। 

    रक्तदान कार्यक्रममा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले समाजको हरेक क्षेत्रमा विकासका लागि युवाहरूको सोच अग्रसर रहने बताए। उनले रगतको अभावका कारण हुने मृत्युलाई न्यूनीकरण गर्न युवाहरूको अग्रसरता प्रशंसनीय रहेको रक्तदान गर्ने सबैलाई धन्यवाद दिए। साथै, उनले समाजको असल जिम्मेवारी निर्वाह गर्न र रगतको अभावबाट हुने मृत्यु रोक्न सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गरे।यस्ता रक्तदान कार्यक्रमहरूले रगतको अभाव झेलिरहेका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.