logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीमा डस्टबिन वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न


    १६ पौस २०८२ , बुधबार

    लुम्बिनीमा डस्टबिन वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, पुस। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६, पर्सा चोकमा रेस्पोन्स टीम लुम्बिनीको आयोजनामा पर्सा चोक वरपरका होटल, पसल तथा चोकमा गरी २१ ओटा डस्टबिन वितरण गरिएको छ।

    कार्यक्रममा रेस्पोन्स टीम लुम्बिनीका अध्यक्ष जम्सेद आलम खान, लुम्बिनी प्रदेशका पूर्व विधायक फकरुद्दीन खान, नगर कार्यवाहक प्रमुख कल्पना हरिजन, वडा नं. ६ का अध्यक्ष नैमुल हक मुसलमान, लुम्बिनी इलाका प्रहरी निरिक्षक होमनाथ रेगमी, ट्राफिक प्रहरीका प्रतिनिधि, सम्पूर्ण रेस्पोन्स टीमका सदस्यहरू, वांस संयोजक शेषराम यादवसहित वांसका कर्मचारीहरू तथा पर्सा चौकका जनसमुदायको उपस्थिति रहेको थियो।

    डस्टबिन वितरण कार्यक्रमले पर्सा चोक क्षेत्रलाई सफा र व्यवस्थित बनाउने उद्देश्य राखेको छ। भान्साबाट निस्कने तरकारीका बोक्रा, कुहिएका खाना, खरानी, प्लास्टिक झोला लगायतका फोहोरहरूलाई जथाभावी फाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्न डस्टबिनहरू वितरण गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले बताउनुभयो । कार्यवाहक नगर प्रमुख हरिजनका अनुसार,” फोहोरलाई छुट्टाछुट्टै संकलन गरी जैविक र अजैविक, जल्ने र नजल्ने गरी वर्गीकरण गरेमा व्यवस्थापन सजिलो हुन्छ। यसले वातावरण सफा राख्नुका साथै मानव स्वास्थ्य र प्राणीजगतमा सकारात्मक प्रभाव पार्छ।”

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व विधायक फकरुद्दीन खानका अनुसार डस्टबिन वितरण कार्यक्रमले समुदायमा स्वच्छताको चेतना बढाउने र वातावरण संरक्षणमा योगदान पुग्ने बताउनुभयो ।

    रेस्पोन्स टीम लुम्बिनीका अध्यक्ष जम्सेद आलम खानले आगामी दिनमा पनि यस्ता अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    आयोजक अनुसार यस कार्यक्रमले लुम्बिनी क्षेत्रलाई पर्यटकीय दृष्टिकोणले पनि थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। फोहोर व्यवस्थापनमा सबै सहयोग आवश्यक रहेको  रेस्पोन्स टीम लुम्बिनीका अध्यक्ष  खानले बताउनुभयो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.