logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीमा नवौं इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिग क्रिकेट सुरु


    २७ पौस २०८२ , आइतबार

    लुम्बिनीमा नवौं इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिग क्रिकेट सुरु

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, पुस । लुम्बिनी बुद्ध जन्मस्थल क्षेत्रमा शनिबारदेखि नवौं इण्डो–नेपाल लुम्बिनी प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ६ स्थित पर्सा विद्युत कार्यालय पछाडिको खेल मैदानमा आयोजित यो प्रतियोगिता एक हप्तासम्म सञ्चालन हुनेछ ।
    प्रतियोगिताको औपचारिक उद्घाटन प्रमुख अतिथि पूर्व विधायक तथा प्रदेश नं. ५ का पूर्व विधायक फरवरुद्दीन खानले गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै उहाँले यस वर्षबाट नवौं संस्करण सुरु भएको यो क्रिकेट लिगलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र भारतका खेलाडीहरूबीच हुने यो प्रतिस्पर्धाले दुई देशबीचको खेल भावना अझ प्रगाढ बनाउने र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वडा नं. ६ का वडाध्यक्ष नैइमुल्लाह हक मुसलमान, वडा नं. ५ का वडाध्यक्ष खुर्सेद आलम मुसलमान, वडा नं. ८ का वडाध्यक्ष राजेन्द्र जैसवाल, वडा नं. ४ का वडाध्यक्ष विनोद कुमार श्रीवास्तव, लुम्बिनी बचाउ अभियानका पदाधिकारीहरू, सामाजिक सेवी युवा अर्जुन कुर्मी तथा सुरक्षाकर्मीहरू लगायत स्थानीय व्यक्तित्वहरू उपस्थित रहनुभएको थियो ।
    यो प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका संयोजक तथा रिस्पोस लुम्बिनी टोलीका अध्यक्ष जनसेद खानले जानकारी दिएअनुसार, विजेता टोलीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेता टोलीलाई पनि ट्रफी, मेडल तथा नगद पुरस्कार दिइनेछ ।
    प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई कुलत र लागूपदार्थबाट टाढा राख्नु, शारीरिक सुगठन विकास गर्नु तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग सम्पर्क बढाई खेलप्रति उनीहरूलाई सचेत र प्रेरित बनाउनु रहेको आयोजकले बताएका छन्। विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढिरहेको अवस्थामा यो स्थानीय स्तरको इण्डो–नेपाल लिगले दुवै देशका युवा खेलाडीहरूलाई ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
    लुम्बिनी क्षेत्रमा खेलकुदको विकास र युवा ऊर्जालाई सकारात्मक दिशामा मोड्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास स्थानीयवासी तथा खेलप्रेमीहरूले व्यक्त गरेका छन् । सम्पूर्ण खेलप्रेमी दर्शक तथा स्थानीय समुदायलाई यो उत्सवपूर्ण प्रतियोगितामा उपस्थित भई टोलीहरूलाई प्रोत्साहन गर्न आयोजकले आह्वान गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.