logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    बुद्धभूमि आमा समूहको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न


    २ माघ २०८२ , शुक्रबार

    बुद्धभूमि आमा समूहको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, माघ। लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६, पर्सामा अवस्थित बुद्ध माया होटल प्यालेसको सभाहलमा बुद्धभूमि आमा समूहको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।

    सभामा समूहकी अध्यक्ष मिरा सापकोटा गौतमले नेपालमा आमा समूहहरू महिलाहरूको स्वैच्छिक संगठनको रूपमा स्थापित हुँदै लैंगिक समानता, महिला अधिकार, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार तथा आर्थिक सशक्तिकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो।

    वडा नं. ६ को कार्यालयबाट प्राप्त बजेट सहयोगमा समूहले रक्तदान कार्यक्रम, सरसफाई अभियान, महिला जागरण तथा विभिन्न सामुदायिक कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

    कार्यक्रममा प्रमुख अतिथि तथा नगर प्रमुख कार्यवाहक कल्पना हरिजन, सल्लाहकार निरू गौतम, लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा, मायादेवी प्रगतिशील आमा समूहकी सचिव टिका कटेल, लुम्बिनी विकास कोषका प्रतिनिधि, सशस्त्र प्रहरी बलका डिएसपी पंकज पौडेल, इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक तथा वडाध्यक्ष मैइमुल हक मुसलमान लगायतको उपस्थिति रहेको थियो।

    सबै वक्ताहरूले बुद्धभूमि आमा समूहले महिलाहरूलाई एकताबद्ध गरी समुदायको विकास, सामाजिक जागरण तथा महिला सशक्तिकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो।

    अधिवेशनबाट अध्यक्षमा मिरा सापकोटा गौतम, उपाध्यक्ष चन्द्रमा लस्साल, सचिव शारदा ढकाल, कोषाध्यक्ष बिस्नु कुमारी समाल, सहसचिव रञ्जना न्यौपाने, र सदस्यहरू डोल्मा चौधरी, कमला श्रेष्ठ, कोपिला बोहरा, खातुन सिता, अर्थाय शिवकुमारी जयसवाल, रबिना भुजेल, अनिता हरिजन, चिना गुरुङ गरी नयाँ कार्यसमिति सर्वसम्मत गरियो । नयाँ कार्यसमितिले आगामी दिनमा महिला सशक्तिकरण, सामाजिक जागरण, स्वास्थ्य–शिक्षा तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    बुद्धभूमि आमा समूहले स्थानीय तहदेखि नगरस्तरसम्मका महिलाहरूलाई एकजुट गरी सामाजिक परिवर्तनको अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.