logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देही क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


    २ माघ २०८२ , शुक्रबार

    रुपन्देही क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

    असलम खान । लुम्बिनीखबर

    मर्चवार, माघ । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का लागि निर्वाचन अधिकृतको कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। शुक्रबार (आज) कोटहीमाई गाउँपालिका–५, मझगाँवा स्थित बहुउद्देश्यीय सभा हलमा आयोजित विशेष कार्यक्रमका बीच यो कार्यालय उद्घाटन गरिएको हो।

    कार्यक्रमको प्रमुख आतिथ्य गर्दै रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृत आशोककुमार बस्नेतले निर्वाचनको विस्तृत कार्यतालिका सार्वजनिक गर्नुभयो। उहाँका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र सोही दिन मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशन गर्ने, माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेका उजुरीहरूको जाँचबुझ गरी निर्णय गर्ने , माघ ८ गते उम्मेदवारहरूको नाम प्रकाशन गर्ने र माघ ९ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने तथा निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो, “यो निर्वाचन यहाँका राजनीतिक दलहरूको हो। निर्वाचनलाई सफल बनाउन सबै दलहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। हामी सबै मिलेर शान्तिपूर्ण, स्वतन्त्र तथा निष्पक्ष रूपमा समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छौं। यसका लागि सबैको सक्रिय सहयोग अपेक्षा गर्दछु।”

    यसैगरी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले शान्ति तथा सुरक्षा कायम राख्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले निर्वाचनलाई शान्तिपूर्ण तथा निष्पक्ष बनाउन हरेक निकायको साझा दायित्व भएको जोड दिनुभयो।

    उद्घाटन कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.