logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    उर्दू साहित्यमा नेपालको नाम विश्वमञ्चमा विद्वान शमीम अहमद नदवीलाई अन्तर्राष्ट्रिय सम्मान


    ५ माघ २०८२ , सोमबार

    उर्दू साहित्यमा नेपालको नाम विश्वमञ्चमा विद्वान शमीम अहमद नदवीलाई अन्तर्राष्ट्रिय सम्मान

    शहबाज खान । लुम्बिनीखबर
    कृष्णनगर, माघ । नेपालको शैक्षिक, धार्मिक र साहित्यिक इतिहासमा गौरव थप्ने उल्लेखनीय उपलब्धि हासिल भएको छ ।
    उर्दू भाषा तथा साहित्यका प्रख्यात विद्वान, लेखक तथा सम्पादक शमीम अहमद नदवीलाई विश्वस्तरीय सम्मान प्रदान गरिएको छ। जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगरपालिका–३ लक्ष्मीनगरका अध्यक्ष तथा मासिक पत्रिका उर्दू अल–सिराज का सम्पादकसमेत रहेका नदवीलाई उर्दू भाषा र साहित्यमा पु¥याएको अतुलनीय योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो ।
    उक्त सम्मानले शमीम अहमद नदवीको व्यक्तिगत उपलब्धिमात्र होइन, नेपालभित्र उर्दू भाषा र साहित्यको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा भएको दीर्घकालीन प्रयासलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ । उनका लेखन, अनुसन्धान र शैक्षिक पहलले नेपाल मात्र होइन, सीमापारिसम्म उर्दू साहित्यको उज्यालो फैलाएको विश्लेषकहरूको भनाइ छ ।
    उत्तर प्रदेश उर्दू एकेडेमीको सहयोगमा लखनउमा सम्पन्न भव्य समारोहमा उर्दू साहित्यका विद्वान, साहित्यकार, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूको उपस्थितिमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
    चयन समितिले नेपालका शमीम अहमद नदवीलाई यस अवार्डका लागि योग्य ठहर गर्दै उनको योगदानलाई उदाहरणीय भनेको छ ।
    यस अवसरमा जामिया सिराजुल उलूम अल्सलफियहका प्रवक्ता मौलाना मशहूद खाँ नेपालीले भने, “शमीम अहमद नदवीलाई प्रदान गरिएको यो सम्मान उहाँको व्यक्तिगत सफलता मात्र होइन, नेपालकै शैक्षिक र साहित्यिक यात्राको उज्ज्वल प्रतीक हो । उहाँको अथक परिश्रमले उर्दू साहित्यको क्षेत्रमा अमर छाप छोडेको छ र यसले नेपाललाई विश्वसामु चिनाएको छ ।”
    यस सम्मानप्रति नेपालका उर्दूप्रेमी, विद्वान तथा नागरिकहरूले हर्ष र गर्व व्यक्त गर्दै यसलाई देशका लागि ऐतिहासिक उपलब्धि र सांस्कृतिक गौरवको क्षणका रूपमा लिएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.