असलम खान । लुम्बिनीखबर
मर्चवार, ११ माघ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुदलापुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ ।
सोही वडाको ओडवलिया चोकस्थित रामशरण ग्रिल उद्योगमा काम गर्ने क्रममा रुदलापुर निवासी रामशरण विश्वकर्माका २८ वर्षीय छोरा गोविन्द विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
फलाम काट्नका लागि प्रयोगमा ल्याइएको ग्यास सिलिण्डर शनिबार दिउँसो अचानक पड्किँदा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनबहादुर रावलले जानकारी दिनुभयो ।