logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भारतबाट अवैध बोइलर कुखुरा र मोटरसाइकल प्रहरी नियन्त्रणमा


    १२ माघ २०८२ , सोमबार

    भारतबाट अवैध बोइलर कुखुरा र मोटरसाइकल प्रहरी नियन्त्रणमा

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, माघ। लुम्बिनीमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको ५० पिस (सय केजी) जिउँदो बोइलर कुखुरा र मोटरसाइकल नियन्त्रणमा लिएको छ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका–३, लंकापुर भित्री सडकमा प्रहरी सहायक निरीक्षक टोपबहादुर घालेको कमाण्डमा खटिएको गस्ती टोलीले लु २ प ३८९७ नम्बरको हिरो हन्डा मोटरसाइकलमा लोड गरिएको कुखुरा फेला पारेको हो।

    कुखुराको मूल्य २५ हजार र मोटरसाइकलको ५० हजार गरी जम्मा ७५ हजार बराबरको सामान नियन्त्रणमा लिइ कार्यालयमा राखिएको छ। मोटरसाइकल चालक फरार छन्। थप अनुसन्धान भइरहेको छ।

    यो जानकारी लुम्बिनी इलाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले दिनुभएको हो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.