logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मतदातासँग प्रत्यक्ष संवादमा रूपन्देही–५ नेकपाका उम्मेदवार मुसलमान


    १२ फाल्गुन २०८२ , मंगलबार

    मतदातासँग प्रत्यक्ष संवादमा रूपन्देही–५  नेकपाका उम्मेदवार मुसलमान

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार तथा पूर्व वनमन्त्री मोहम्मद वकील मुसलमानले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र गतिमा अघि बढाएका छन् । मतदाताको घरदैलोमा पुगेर विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका मुद्दा उठाउँदै उनी निरन्तर सक्रिय छन् ।
    उम्मेदवार मुसलमानले आफूलाई विकासप्रेमी तथा जनकेन्द्रित नेताको रूपमा प्रस्तुत गर्दै क्षेत्र नम्बर ५ लाई समृद्ध, समावेशी र नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनको मुख्य प्राथमिकतामा स्थानीय सडकको स्तरोन्नति, खानेपानीको व्यवस्था, कृषिको आधुनिकीकरण, युवाहरूका लागि रोजगारी सिर्जना तथा स्वास्थ्य तथा शिक्षाको गुणस्तर वृद्धि रहेका छन् ।
    घरदैलो अभियानमा मतदातासँगको प्रत्यक्ष भेटघाटलाई स्थानीय बासिन्दाले निकै सकारात्मक रूपमा लिएका छन्। पार्टी निकट स्रोतका अनुसार, लामो समयपछि उम्मेदवार स्वयं घरआँगनमा पुगेर जनताका समस्या सुन्नुले मतदातामा विश्वास र उत्साह बढाएको छ । स्थानीयहरूले यो अभियानलाई अन्य दलका परम्परागत प्रचारभन्दा फरक र उत्तरदायी ठानेका छन् ।
    उम्मेदवार मुसलमानले भने, “हामी जनतासँग जोडिएर मात्र विकास सम्भव छ । परम्परागत राजनीतिको सट्टा जनकेन्द्रित र जवाफदेही शैली अपनाउँदै क्षेत्रको समग्र उन्नति गर्नेछौं ।”
    चुनाव नजिकिँदै जाँदा यो क्षेत्रमा राजनीतिक सरगर्मी बढेको छ । घरदैलो कार्यक्रमले मतदातामा चासो जगाउँदै विकासका मुद्दालाई केन्द्रमा राखेको छ, जसले चुनावी माहोल थप रोचक तथा प्रतिस्पर्धात्मक बनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.