logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रूपन्देही १ मा नेकपा उम्मेदवार घनश्याम यादवप्रति जनसमर्थन बढ्दै


    १३ फाल्गुन २०८२ , बुधबार

    रूपन्देही १ मा नेकपा उम्मेदवार घनश्याम यादवप्रति जनसमर्थन बढ्दै

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, फागुन । प्रतिनिधिसभा सदस्य पदका लागि रूपन्देही क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लोकप्रिय नेता घनश्याम यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन् । जनतासँगको प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रममार्फत उनी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएका छन् ।
    चुनावी माहोल तात्दै गएसँगै यादव नेतृत्वको टोली गाउँ, बस्ती तथा टोलटोलमा पुगेर मतदातासँग संवादमा व्यस्त छ । घरदैलो अभियानका क्रममा विकास निर्माण, कृषिको आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सेवा सुधार, रोजगारी सिर्जना तथा महिला सशक्तीकरणजस्ता जनमुखी मुद्दाहरूमा छलफल भइरहेको छ । मतदाताका समस्या सुनेर तिनको समाधानका लागि प्रतिबद्धता व्यक्त गर्दै यादवले जनताको विश्वास जित्ने प्रयास जारी राखेका छन् ।
    स्थानीय नेकपा नेता तथा कार्यकर्ताहरूका अनुसार क्षेत्र नम्बर १ मा पार्टीप्रति जनविश्वास क्रमशः बढ्दै गएको छ । निरन्तरको भेटघाट र घरदैलो अभियानले चुनावी तयारीलाई प्रभावकारी बनाएको उनीहरूको भनाइ छ ।
    उम्मेदवार घनश्याम यादवले जनताको माया र समर्थनबाट आफू थप उत्साहित भएको बताएका छन् । उनले भने, “जनताको साथ र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। यस क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता छ ।”
    नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिले प्रचारप्रसार, मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई अझ तीव्र बनाएको जनाएको छ । यस क्षेत्रमा यादवको बढ्दो लोकप्रियताले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.