logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    “मर्चवारको मुहार फेर्ने संकल्प बोकेर मैदानमा होमिएको छु” ः भुपेन्द्र यादव


    १३ फाल्गुन २०८२ , बुधबार

    “मर्चवारको मुहार फेर्ने संकल्प बोकेर मैदानमा होमिएको छु” ः भुपेन्द्र यादव

    लुम्बिनीखबर
    मर्चवार, फागुन । रुपन्देही क्षेत्र नं. ४ (मर्चवार क्षेत्र) बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार भुपेन्द्र प्रसाद यादव को चुनावी अभियान निकै तीव्र र प्रभावकारी बन्दै गएको छ । विगतको निर्वाचनमा धेरै मत हासिल गरेका यादव यसपालि क्षेत्रको समग्र विकास र परिवर्तनको मुद्दालाई मुख्य एजेन्डा बनाएर मतदातासँग घरदैलो तथा कोण सभामार्फत प्रत्यक्ष जोडिएका छन् ।
    मर्चवार क्षेत्र, जसमा कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका समेटिएका छन्, विकासको दृष्टिले पछाडि परेको र सीमावर्ती भएकोले आधारभूत पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सडक, सिंचाई तथा रोजगारीका अवसरहरूमा ठूलो अभाव रहेको मतदाताहरूले बताउने गरेका छन् । यादवले यिनै स्थानीय समस्यालाई सम्बोधन गर्दै आफ्नो अभियानलाई अगाडि बढाइरहेका छन् ।


    यादव विभिन्न तहका पार्टी कार्यकर्ता, युवा, महिला तथा स्थानीय बुद्धिजीवीहरूसहित घर–घरमा पुगेर मतदातासँग अन्तरक्रिया गरिरहेका छन् । उनीहरूले मतदाताका गुनासा सुन्ने, समस्या बुझ्ने र समाधानको प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । अभियानमा यादवले भनेका छन्, “मर्चवारको मुहार फेर्ने संकल्प बोकेर मैदानमा होमिएको छु । विगतमा मत दिए पनि समस्या सुन्ने कोही भएनन्, यसपालि जनमत पार्टीले विकासको नयाँ युग ल्याउने छ ।”
    यादवले प्रचार प्रसारमा महत्वपूर्ण विकासका मुद्दाहरू जोड दिएका छन् । कृषि तथा सिंचाई क्षेत्रको अधिकांश जनता कृषिमा निर्भर छन् । उन्नत बीउ, मल, सिंचाई सुविधा विस्तार, कृषि बजारको व्यवस्था र न्यूनतम समर्थन मूल्य सुनिश्चित गर्ने । ग्रामीण सडकको स्तरोन्नति, पुल निर्माण, बिजुली तथा खानेपानीको पहुँच वृद्धि, सीमावर्ती क्षेत्र भएकाले सीमा सुरक्षा र व्यापारिक सम्बन्ध मजबुत बनाउने, स्कूलहरूमा गुणस्तरीय शिक्षा, छात्रवृत्ति, नशामुक्ति अभियान विस्तार तथा अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति काम गर्ने बताएका छन् । महिलाहरूका लागि सीप विकास तालिम, स्वरोजगारका अवसर र युवाहरूका लागि रोजगारी तथा सीप विकास कार्यक्रम मर्चवारलाई समृद्ध बनाउने गरी संघीय सरकारबाट बजेट तथा योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।
    कोण सभाहरूमा यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको नेतृत्व र पार्टीको नीतिलाई जोड दिएका छन् । उनी भन्छन्, “जनमत पार्टीले मधेश र पिछडिएका क्षेत्रको हकहितका लागि लडिरहेको छ । मर्चवारका जनताले यसपालि परिवर्तनको छाप लगाउने छन् ।”
    अभियानमा हजारौं कार्यकर्ता तथा समर्थकहरू सहभागी भएका छन् । सामाजिक सञ्जालमा “भोपेन्द्र यादव जिन्दावाद”, “जन जनमा हर्न छाप” जस्ता नारा र भिडियोहरू भाइरल भइरहेका छन् । स्थानीयहरूले यादवलाई “गरिबको मसीहा” र “विकासको आशा” का रूपमा हेर्न थालेका छन् । मतदाताहरूले विगतका निर्वाचितहरूले समस्या नसुनेको गुनासो गर्दै यादवको सक्रियता र स्पष्ट एजेन्डालाई सकारात्मक ठानेका छन् ।
    यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा जनमत पार्टीका भुपेन्द्र यादव, एमालेका प्रमोद कुमार यादव, नेपाली कांग्रेसका आशुतोष मिश्र र अन्य उम्मेदवारहरूबीच देखिएको छ । तर यादवको निरन्तर घरदैलो र विकासकेन्द्रित प्रचारले जनतामा सकारात्मक प्रभाव पारेको छ । जनमत पार्टीका यो अभियानले रुपन्देही क्षेत्र नं. ४ मा नयाँ आशा र उत्साह जगाएको छ । मतदाताहरूले यसपालि विकास र परिवर्तनका लागि भोट दिने विश्वास नेतृत्वले व्यक्त गरेका छन् ।
    भुपेन्द्र यादवको चुनौति मर्चवारबाट आफु नै जित्ने हेक्का रहेको छ । रुपन्देही क्षेत्र नं. ४ बाट जनमत पार्टीका उम्मेदवार यादव यस पालिको चुनावमा अन्य दल तथा पार्टीका उम्मेदवारको लागि चुनौति दिइरहेका छन् । यादवले विगतको चुनावमा मतदाताहरुले अरु माथि विश्वास गरेर जिताएर पठाएपनि खासै परिवर्तन नदेखिएको बताएका छन् । गरीब, असहाय, मजदुरको पक्षमा केही खासै हितका लागि नभएको, समान्तवादी पूजीपतिहरु जितेर गएपछि तस्करी, गुण्डागर्दी, शासन मात्र हावी भएको बताउदैं आफ्नो उम्मेदवारी मर्चवार क्षेत्रका बोल्न नसक्नेहरुको लागि र नेता होइन वेटा बनेर मौका दिनेछन भन्ने विश्वास व्यक्त गरेका छन् ।
    यो क्षेत्रमा विगतको लामो समयदेखि विभिन्न किसिमका आश्वासन प्रलोभनमा पारेर जनतालाई बेवकुप बनाउने कार्य मात्र हुदै आएको छ । त्यसकारण जनता यो पालिको निर्वाचनमा आफूहरु ढुक्क छन् । सामाजिक सन्जालमा जे देखिएपनि वास्तविक कुरा जनता समक्ष गएइपछि मात्र देखिन्छ । यो क्षेत्रमा जनताका धेरै गुनासाहरु छन पूराना पार्टी र उम्मेदवार प्रति तर ती उम्मेदवारलाई विभिन्न बहानामा जनतालाई भ्रममा पारेका छन् । त्यहा जमिनदार, पुजी पतिहरुले गरीब, असहाय जनतालाई नोकरको रुवपमा व्यवहार गरेको र यदि कुरा नमाने आफूहरु गर्नका लागि दिएका खेती, जमिन हुन्डा, अधियार काम समेत नदिने जनताको गुनासो समेत रहेको यादवको भनाई छ ।
    यादवका अनुसार –“यस क्षेत्रमा जनतालाई विभिन्न बहानामा दवाव दिइरहेका छन् प्रतिनिधीहरुले त्यसकारण मतदाताहरु खुलेर भनेका छैनन् तर फागुन २१ गते उनीहरु आफनो गोप्य परिवर्तनको छाप लगाउने छन् ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.