logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जनताको मन जित्दै चुनावी दौडमा रुपन्देही – ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव


    १३ फाल्गुन २०८२ , बुधबार

    जनताको मन जित्दै चुनावी दौडमा रुपन्देही – ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव

    लुम्बिनीखबर
    भैरहवा, फागुन । रुपन्देही क्षेत्र नम्बर ३ को चुनावी माहोल तात्तिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुँदै गर्दा स्वतन्त्र उम्मेदवार महेन्द्र यादवको ‘आँप’ चिह्नले जनताको मनमा विशेष ठाउँ बनाइरहेको छ । स्थानीय बासिन्दा, जन्मे–हुर्केका यादवले घरदैलो, टोल–टोल अभियान र प्रत्यक्ष संवादमार्फत जनताको वास्तविक समस्या र चाहनालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्, जसले उनलाई अन्य दलका उम्मेदवारहरूभन्दा फरक र आकर्षक बनाएको छ ।
    ‘आँप’ चुनाव चिह्न लिएर मैदानमा उत्रिएका यादवले मतदातालाई स्पष्ट सन्देश दिएका छन् “नयाँ अनुहार र नयाँ पार्टीको नाममा आउने प्रलोभनबाट सावधान रहनुहोस्, पुराना झुटा एजेन्डा र पुरानै पार्टीहरूको चक्रव्यूहबाट मुक्त हुनुहोस ।”
    रुपन्देही – ३ नं. क्षेत्रमा विगतका निर्वाचित प्रतिनिधिहरूले जनताको अपेक्षा पूरा नगरेको गुनासो व्यापक छ । “पुराना पार्टी र अनुहारहरू उही छन्, तर समस्या जस्ताको तस्तै छन् । जनताले पटक–पटक मौका दिँदा पनि फर्केर हेरेनन्,” यादवले घरदैलो क्रममा भने । उनले भने –“म यहाँकै छोरो हुँ, यो माटोसँग जोडिएको छु । जनताको दुःख–सुख बुझेको छु । अब नयाँ सोच र वास्तविक कामको समय आएको छ ।”
    महेन्द्र यादवको चुनावी अभियान अन्य उम्मेदवारहरूबाट पूर्ण रूपमा भिन्न छ । उनी काल्पनिक आश्वासन र देखावटी एजेन्डा बोकेर होइन, जनताको प्रत्यक्ष कुरा सुनेर, हरेक गाउँ–टोलको फरक–फरक आवश्यकतालाई आधार बनाएर प्रतिबद्धता व्यक्त गर्दै हिँडेका छन् । “हरेक ठाउँको समस्या एउटै हुँदैन । कतै सडक, कतै शिक्षा, कतै स्वास्थ्य, कतै रोजगारीको अभाव छ । मैले जनतासँग बसेर सुनेको छु र त्यसैलाई प्राथमिकता दिएर योजना बनाएको छु,” उनले भने ।
    यस क्षेत्रका बासिन्दाहरूले पनि यादवप्रति उत्साह देखाइरहेका छन् । “पुराना नेताहरू चुनावमा मात्र आउँछन्, जितेपछि हराउँछन् । महेन्द्र त हाम्रै बीचमा छन्, हाम्रो बोली सुन्छन्,” भैरहवा नजिकैका एक मतदाताले भने । यादवको अभियानले युवा, महिला र सामान्य नागरिकबीच राम्रो प्रभाव पारेको छ । उनी भन्छन्, “जनताले मलाई ढुक्कसँग जिताउने छन् । यो पटक ‘आँप’ चिह्नले परिवर्तनको सन्देश बोकेर जित्नेछ ।”
    यादवको जनकेन्द्रित र वास्तविकतामा आधारित अभियानले उनलाई बलियो दाबेदार बनाएको छ । अन्य दलका उम्मेदवारहरूले परम्परागत तरिका अपनाइरहँदा यादवले प्रत्यक्ष जनसंवाद र समस्या समाधानको प्रतिबद्धताले जनताको मन जितिरहेका छन् ।
    अब समय आएको छ— रुपन्देही–३ का जनताले नयाँ आशा र विश्वासका साथ ‘आँप’ चिह्नमा मतदान गरी महेन्द्र यादवलाई अवसर दिने । यो चुनावले यो क्षेत्रमा साँचो परिवर्तनको ढोका खोल्नेछ भन्नेमा यादव र उनका समर्थकहरू पूर्ण विश्वस्त छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.