logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा ३९० बोतल मदिरा बरामद


    २० फाल्गुन २०८२ , बुधबार

    लुम्बिनीमा ३९० बोतल मदिरा बरामद

     

    लुम्बिनीखबर

    लुम्बिनी, फागुन । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा रातिको समयमा अवैध रूपमा मदिरा ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएको छ ।

    इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लु.स.न.पा.–१२, अमहवामा शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा ‘इश्क’ ब्रान्डको १३ कार्टुन अर्थात् ३९० पिस मदिरा बरामद भएको हो ।

    प्रहरी टोलीले तत्कालै उक्त मदिरा नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले बताएको छ ।

    निर्वाचन आचारसंहिताको स्पष्ट उल्लंघन भएको यो घटनामा प्रहरीले थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्ने जनाएको छ । यस किसिमका अवैध गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले विशेष निगरानी बढाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.