logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बलरामपुर मा. वि. मतदान केन्द्रमा ६६% बढी मत खस्यो


    २१ फाल्गुन २०८२ , बिहिबार

    बलरामपुर मा. वि. मतदान केन्द्रमा ६६% बढी मत खस्यो
    Oplus_131072

    लुम्बिनीखबर

    लुम्बिनी, २१ फागुन । आज देशभर एकै चरणमा सञ्चालित प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ स्थित श्री बलरामपुर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान उत्साहजनक रूपमा भएको छ ।

    मतदान केन्द्रमा कुल मतदाता संख्या २९३० रहेकोमा मत खसेको संख्या १९३८ पुगेको छ । यसमा पुरुष मतदाताको संख्या ९५८ र महिलाको संख्या ९८० रहेको छ । यसअनुसार कुल मतदान प्रतिशत लगभग ६६.१३ प्रतिशत रहेको छ ।

    यो मतदान केन्द्रमा महिलाको सहभागिता पुरुषको भन्दा केही बढी देखिएको छ ।  मतदान शान्तिपूर्ण र निर्बाध रूपमा सम्पन्न भएको स्थानीय स्रोतहरूले बताएका छन् ।

    देशभर बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको छ । 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.