logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी प्रदेश सरकारद्वारा “द स्पिकिङ टाइटन” का उत्कृष्ट प्रतिस्पर्धी दिनेश कुमार गुप्तालाई सम्मान


    ४ चैत्र २०८२ , बुधबार

    लुम्बिनी प्रदेश सरकारद्वारा “द स्पिकिङ टाइटन” का उत्कृष्ट प्रतिस्पर्धी दिनेश कुमार गुप्तालाई सम्मान

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, चैत। लुम्बिनी प्रदेश सरकारले राष्ट्रिय स्तरको रियालिटी शो “द स्पिकिङ टाइटन” मा उत्कृष्ट प्रदर्शन गरेका दिनेश कुमार गुप्तालाई विशेष सम्मान प्रदान गरेको छ।

    युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेशले उनको प्रेरणादायी प्रस्तुति र उल्लेखनीय योगदानको कदर गर्दै यो सम्मान गरेको हो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री माननीय सन्तोष कुमार पाण्डेयले दिनेश कुमार गुप्तालाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

    मन्त्री पाण्डेयले यस्ता प्रतिभाशाली युवाहरूले राष्ट्रिय मञ्चमा लुम्बिनी प्रदेशको पहिचान र गौरव बढाएको बताउँदै सरकारले सधैं यस्ता युवा प्रतिभालाई प्रोत्साहन तथा सम्मान गर्ने नीति अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    “द स्पिकिङ टाइटन” जस्तो राष्ट्रिय रियालिटी शोमा आफ्नो सशक्त वक्तृत्व कौशल प्रदर्शन गर्दै गुप्ताले हजारौं प्रतिस्पर्धीहरूमध्ये उत्कृष्ट स्थान हासिल गरेका थिए। उनको यो उपलब्धिले लुम्बिनी प्रदेशको नाम उज्ज्वल बनाएको छ भने अन्य युवाहरूलाई पनि आफ्नो प्रतिभा राष्ट्रिय स्तरमा प्रस्तुत गर्न प्रेरित गरेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.