logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    तरकुलहाँ कोटहीमाई मन्दिरमा श्री १००८ सप्तचण्डी महा– धन धन्याञ्चल ज्ञान महायज्ञ सुरु हुँदै


    ५ चैत्र २०८२ , बिहिबार

    तरकुलहाँ कोटहीमाई मन्दिरमा श्री १००८ सप्तचण्डी महा– धन धन्याञ्चल ज्ञान महायज्ञ सुरु हुँदै

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, चैत्र । रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित तरकुलहाँ कोटहीमाई मन्दिरमा श्री १००८ सप्तचण्डी महा– धन धन्याञ्चल ज्ञान महायज्ञ सुरु हुने भएको छ ।
    स्थानीय तरकुलहाँ ग्रामवासीहरूको आयोजनामा यो महायज्ञ यही चैत महिनाको अर्थात् चैत ५ गतेदेखि चैत १३ गतेसम्म सञ्चालन हुने भएको हो । महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद थारु चौधरीले यसबारे जानकारी दिँदै महायज्ञको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
    महायज्ञ अवधिभर प्रतिदिन विशेष पूजा–पाठ, हवन, कीर्तन, वृन्दावनको रासलीला, कन्या पूजा तथा साधु–सन्त भण्डारा जस्ता विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ ।
    पुजारीहरूले कोटहीमाई मन्दिरको विशेषता र महत्वबारे प्रकाश पार्दै भक्तजनहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू तय गरिएको बताएका छन् ।
    यो महायज्ञ धार्मिक आस्था तथा सांस्कृतिक परम्पराको संरक्षण, समुदायबीच सद्भाव अभिवृद्धि, विश्वशान्ति तथा समग्र कल्याणका लागि आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।
    महायज्ञ मूल समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई यज्ञस्थलमा उपस्थित भई श्रीमद्भागवत् कथाको अमृत प्रवचन सुनी पुण्य लाभ लिन हार्दिक अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.