logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनी शिक्षा निकेतनमा भावपूर्ण विदाई कार्यक्रम सम्पन्न


    ९ चैत्र २०८२ , सोमबार

    लुम्बिनी शिक्षा निकेतनमा भावपूर्ण विदाई कार्यक्रम सम्पन्न

    अन्जना चौहान । लुम्बिनीखबर

    लुम्बिनी , चैत । रुपन्देहीको मायादेवी गाउँपालिका ४ लुम्बिनी शिक्षा निकेतनमा कक्षा ९ का विद्यार्थीहरूले आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एस.ई.ई मा सहभागी हुन लागेका कक्षा १० का विद्यार्थीहरूलाई एक भावपूर्ण समारोहका बीच विदाई गरेका छन्।
    कार्यक्रममा कक्षा १० का विद्यार्थी सिरियांश बानिया, सुरज यादव र आरिफ खानले आफूहरूले विद्यालयबाट प्राप्त गरेको मार्गदर्शन, शिक्षकहरूको समर्पण तथा विद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दै उच्च शिक्षामा पनि सोही उत्साह कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


    यसैगरी, कक्षा १० का तबसुम जहाँ, दिव्य जयसवाल र आशिष कुमार गुप्ताले कवितामार्फत विद्यालय जीवनका सम्झना र अनुभव साझा गरे। सम्झना सिंह, विद्या घिमिरे, विप्सन दुरेली, शिवम जयसवाल, आराध्या मिश्र र सृष्टि सिंहले लोक, कला तथा संस्कृति झल्काउने सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
    कक्षा ९ का अयुब क्षेत्री, इसाम दुरेली तथा कक्षा १० का आनन्द कोँहार, राहुल चुँदाली र मनिष भुसालले गीतमार्फत विद्यालयका सम्झना व्यक्त गरे। कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का सहपाठीहरूलाई मायाको चिनो प्रदान गरे भने कक्षा १० का विद्यार्थीहरूले विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगी, चालक, सहचालक तथा क्यान्टिन सञ्चालकलाई पनि मायाको चिनो दिए।
    विद्यालयका प्राचार्य नामदेव अर्यालले कार्यक्रम आयोजक विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कक्षा १० का विद्यार्थीहरूलाई उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले उच्च शिक्षाको क्रममा पनि विद्यालयको गरिमा बढाउने गरी अध्ययन गर्न र प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सुझाव दिनुभयो।
    यस अवसरमा शैक्षिक सत्र २०८२ मा विज्ञान प्रयोगशालामा परीक्षण कार्य सम्पन्न गरेका कक्षा १० का विद्यार्थीहरूलाई प्राचार्य नामदेव अर्याल र विज्ञान प्रयोगशाला प्रमुख दिलीप कुमार कोँहारद्वारा प्रमाणपत्र प्रदान गरियो।
    कार्यक्रम कक्षा ९ का विद्यार्थी जमसेर अहमदको अध्यक्षता, प्राचार्य नामदेव अर्यालको प्रमुख आतिथ्यता, कक्षा ९ का ऋतुराज बानियाको स्वागत मन्तव्य तथा रुक्मणी श्रीवास्तवको सञ्चालनमा सम्पन्न भएको थियो।
    कार्यक्रममा माध्यमिक तह संयोजक सुनिल कुमार यादव, प्राथमिक तह संयोजक कविता पौडेल, पूर्व प्राथमिक तह संयोजक शशी यादव, परीक्षा संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख श्याम मोहन यादव, विज्ञान प्रयोगशाला प्रमुख दिलीप कुमार कोँहार, पुस्तकालय प्रमुख लेलिन भुर्तेल लगायत सम्पूर्ण शिक्षक, कर्मचारी, चालक, सहचालक तथा कार्यालय सहयोगीहरूको उपस्थिति रहेको थियो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.