logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा तीनदिने क्षमता विकास कार्यक्रम सम्पन्न


    १२ बैशाख २०८३ , शनिबार

    लुम्बिनीमा तीनदिने क्षमता विकास कार्यक्रम सम्पन्न

    अन्जना चौहान। लुम्बिनीखबर 

    लुम्बिनी, बैशाख । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० को आयोजनामा तथा मायादेवी प्रगतिशील आमा समूहको सहयोगमा तीनदिने क्षमता विकास कार्यक्रम लुम्बिनीमा सम्पन्न भएको छ।

    कार्यक्रममा मायादेवी प्रगतिशील आमा समूहकी अध्यक्ष मन्जु पराजुलीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. १० का वडा अध्यक्ष बिनोद कहार उपस्थित थिए। त्यसैगरी, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव विशिष्ट अतिथि तथा महिला वडा सदस्य तुल्सा भुसाल, सुमन पासीलगायत वडा स्तरीय किशोरी तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिनोद कहारले महिलाहरूको क्षमता विकासबिना समृद्ध समाजको परिकल्पना सम्भव नहुने बताए। उनले सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम तथा नेतृत्व विकासका पहलहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउँदै उनीहरूको हकअधिकार सुनिश्चित गर्नु मुख्य लक्ष्य रहेको बताए।

    कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष मन्जु पराजुलीले महिलाहरूको सीप विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा समुदायमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले यस्ता कार्यक्रमले स्थानीय स्तरमा महिला सशक्तीकरण र सामाजिक जागरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

     

    सामाजिक विकास शाखा प्रमुख शेषराम यादवले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै सबै वडा कार्यालयले यस्ता पहलहरू सञ्चालन गर्नुपर्ने बताए। उनले कार्यक्रमका लागि बजेट विनियोजन गरेकोमा वडा कार्यालयप्रति धन्यवाद पनि व्यक्त गरे।

    तालिमका क्रममा प्रशिक्षकहरूले महिलाको व्यक्तिगत, सामाजिक, आर्थिक तथा नेतृत्व क्षमता विकास गर्ने विषयमा प्रशिक्षण दिएका थिए। सहभागीहरूलाई आत्मविश्वास अभिवृद्धि, आत्मपहिचान, आफ्ना क्षमता र कमजोरी पहिचान गर्ने तरिका, निर्णय गर्ने क्षमता, जिम्मेवारी वहन गर्ने सीप तथा प्रभावकारी सञ्चार कला विकाससम्बन्धी ज्ञान प्रदान गरिएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.