लुम्बिनीखबर
ओमसतिया, वैशाख। रूपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४, बसन्तपुरमा आज बेलुका ५:३० बजे २७ वर्षीय एक युवकले घर बाहिरको पिलरमा झुन्डिएर आत्महत्या गरेको घटना भएको छ।
मृतक ओमसतिया-४ बसन्तपुर निवासी किशोर नाउँ र आमा मालती देवीका छोरा हुन्। स्थानीयका अनुसार उनी घर बाहिरको पिलरमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
प्रहरीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि नजिकको भीम अस्पताल पठाएको छ। घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले परिवार र छिमेकीसँग सोधपुछ गरी थप अनुसन्धान गरिरहेको बताएको छ।