logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु


    १६ जेष्ठ २०८३ , शनिबार

    प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

    राकेश कोहार । लुम्बिनीखबर 

    ओमसतिया, जेठ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ प्रथम ओमसतिया अध्यक्ष कप जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता–२०८३ को हिजो भव्य रूपमा समुद्घाटन गरिएको छ। प्रतियोगिताको समापन आज जेठ १६ गते हुने आयोजकले जनाएको छ।

    ओमसतिया तेक्वान्दो क्लब को आयोजना तथा न्यू ओमसतिया तेक्वान्दो डोजाङ को संयोजनमा आयोजित प्रतियोगिताको उद्घाटन ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    समुद्घाटन कार्यक्रममा ओमसतिया गाउँपालिका–४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डे को विशेष उपस्थिति रहेको थियो। 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले खेलकुदले युवापुस्तामा अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैलीको विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए।

    प्रतियोगिताका संयोजक तथा ओमसतिया तेक्वान्दो क्लबका अध्यक्ष रामु हरिजन ले स्थानीय स्तरका जुनियर खेलाडीहरूलाई प्रोत्साहन गर्ने तथा तेक्वान्डो खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।

    ओमसतिया–४, वसन्तपुरस्थित रामजानकी मन्दिरको हल मा सञ्चालन भइरहेको प्रतियोगितामा न्यू ओमसतिया तेक्वान्दो डोजाङ, ओम स्टार तेक्वान्दो डोजाङ र ओमसतिया तेक्वान्दो डोजाङ का खेलाडीहरूको सहभागिता रहेको छ।

    उद्घाटनसँगै प्रतियोगिताका विभिन्न स्पर्धाहरू सुरु भएका छन्। प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।

    स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने तथा नयाँ प्रतिभा उत्पादनमा योगदान पुर्‍याउने विश्वासका साथ आयोजना गरिएको यस प्रतियोगिताले ओमसतिया गाउँपालिकामा खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.