logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा अवैध मदिरासहित पिकअप गाडी बरामद, चालक पक्राउ


    १६ जेष्ठ २०८३ , शनिबार

    लुम्बिनीमा अवैध मदिरासहित पिकअप गाडी बरामद, चालक पक्राउ

    अन्जना चौहान। लुम्बिनीखबर

    लुम्बिनी, जेठ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्साचोकमा प्रहरीले शंकास्पद पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ।

    भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ च ९९५६ नम्बरको पिकअप गाडीमा ‘बार्फी प्रिमियम ब्लेन्ड’ र ‘बार्फी डायमन्ड लन्डन’ ब्रान्डका मदिराका १०५ कार्टुन फेला परेको लुम्बिनी इलाका प्रहरी कार्यालयले जनाएको छ। प्रत्येक कार्टुनमा ४८ पिसका दरले जम्मा ५,०४० बोतल मदिरा बरामद भएको हो।

    केही बोतलहरूको बिर्को खोलिएको र केहीमा सिल तोडिएको अवस्थामा फेला परेको थियो। नक्कली बिलबिजक बनाएर अवैध रूपमा ढुवानी गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

    बरामद मदिराको अनुमानित मूल्य रु. ६ लाख ३५ हजार २ सय ५२ रहेको छ भने पिकअप गाडीको मूल्य रु. २० लाख छ। यसरी कुल रु. २६ लाख ३५ हजार २ सय ५२ बराबरको सम्पत्ति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    गाडी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ का २९ वर्षीय आश बिक्रम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धान तथा कारबाहीका लागि उक्त मदिरा, गाडी र चालकलाई आन्तरिक राजस्व कार्यालय भैरहवा बुझाइएको छ।

    लुम्बिनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमनाथ रेग्मीले उक्त जानकारी दिएका छन्। प्रहरीले जिल्लामा अवैध मदिरा ओसारपोसार गर्ने गिरोहलाई पक्राउ गर्न थप कडा अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.