असलम खान । लुम्बिनीखबर
मर्चवार, असार। रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ को वडा कार्यालयले स्थानीय वडावासीलाई स्प्रे ट्याङ्की र पानी तान्ने विद्युतीय मोटर वितरण गरेको छ ।
वडा कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा २३३ जनालाई स्प्रे ट्याङ्की र ३७ जनालाई विद्युतीय मोटर वितरण गरिएको वडाअध्यक्ष तौलन केवटले बताउनुभयो ।
वडाअध्यक्ष केवटका अनुसार स्प्रे ट्याङ्की र विद्युतीय मोटर ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो । उक्त सामग्री वडा सदस्यहरू र वडाअध्यक्ष तौलन केवटले वडाबासीलाई हस्तान्तरण गर्नुभएको थियो ।
यो कार्यक्रमले कृषि र सिंचाइ क्षेत्रमा स्थानीय किसानहरूलाई थप सहजता प्रदान गर्ने विश्वास छ ।