logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    हाम्रो पीडा


    १७ साउन २०८३ , आइतबार

    हाम्रो पीडा

    कतै प्रवासमा त कतै अप्रवासमा
    बितिरहेको छ जिन्दगी आशैआशमा

     कसरी बिताउने जीवन यो माटोमा ?
     जब जिउँदै जीवन बनाउदै छ लासमा ।

    घरपरिवारको जिम्मेवारी, काम र कर्तव्य
    कस्तो अचम्मको विडम्बना हाम्रो नेपालको भव्य

     सरकारै शत्रु भए बस्नु अब खै कसको आशमा
     जब जिउँदै जीवन बनाउदै छ लासमा ।

    ठुलो छ समस्या ठुलै छ जीवनको खेल सारा
    यहाँ त जनताको जीवनभन्दा नियम कानुन प्यारा

    अन्त्यमा गरिदिन्छ मोलभाव जीवनको दस लाखमा
     जब जनताको जीवनलाई गोली हानेर बदलिदिन्छ लासमा।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.