logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मर्चवारीमाई गाउँपालिकाको न्यायिक समितिले एक वर्षमा ८३.९७ प्रतिशत विवाद फछ्र्यौट


    २५ साउन २०८३ , सोमबार

    मर्चवारीमाई गाउँपालिकाको न्यायिक समितिले एक वर्षमा ८३.९७ प्रतिशत विवाद फछ्र्यौट

    असलम खाँन\लुम्बिनीखबर
    मर्चवार, २५ साउन । रुपन्देही जिल्लाको मर्चवारीमाई गाउँपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२\०८३ मा जम्मा १५६ वटा विवाद दर्ता गरी तीमध्ये ८३.९७ प्रतिशत विवाद सफलतापूर्वक समाधान गरेको छ।
    गाउँपालिकाबाट जारी वार्षिक प्रगति प्रतिवेदनअनुसार दर्ता भएका विवाद जग्गा सम्बन्धी ९८, झैझगडा १६, आर्थिक लेनदेन ७, विद्यालय सम्बन्धी २, सहकारी ३, सामान्य विवाद ३० रहेको छ । यीमध्ये मेलमिलापबाट ८०, नापी शाखाबाट ५१ र अन्य कार्यालयमा पठाइएका १५ गरी कुल १४६ विवाद फछ्र्यौट भएका छन्। बाँकी १० विवाद अझै प्रक्रियामा रहेका छन्।
    न्यायिक समितिका संयोजक आशा सिंहले भनिन्, “हामीले स्थानीय स्तरमै मेलमिलाप र छिटो न्याय प्रदान गर्ने नीतिलाई प्राथमिकता दिएका छौं। जग्गा सम्बन्धी विवाद बढी हुने भएकाले नापी शाखासँग समन्वय गरेर समाधान गर्ने कार्य प्रभावकारी भएको छ। आगामी दिनमा बाँकी विवादहरूलाई पनि छिटो फछ्र्यौट गर्ने योजना छ।”
    प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले भने, “न्यायिक समितिको यो उपलब्धि गाउँपालिकाको सुशासन र नागरिकमैत्री सेवाको उदाहरण हो। विवाद समाधानको उच्च प्रतिशतले स्थानीय जनतालाई अदालत धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ। हामी यस कार्यलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयास गर्नेछौं।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.