logo
  • १ भाद्र २०८३ , सोमबार
    • ट्रेन्डिङ

    झण्डानगरमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख ७५ हजार नगदसहित १५ जना पक्राउ


    ३१ साउन २०८३ , आइतबार

    झण्डानगरमा जुवातास खेलिरहेको अवस्थामा ४ लाख ७५ हजार नगदसहित १५ जना पक्राउ

    शहबाज खान । लुम्बिनीखबर

    कपिलवस्तु, ३१ साउन । कृष्णनगर नगरपालिका–३ झण्डानगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ।
    लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले झण्डीनगरस्थित विनोद रावतको एकतले पक्की घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ४ लाख ७५ हजार रुपैयाँ नगद, ३ बुङ तास तथा विभिन्न कम्पनीका १४ थान मोबाइल फोन बरामद गरिएको छ।पक्राउ परेका १५ जनालाई बरामद सामग्रीसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुमा बुझाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.