शहबाज खान । लुम्बिनीखबर
कपिलवस्तु, ०५ भदौ । कपिलवस्तुको तौलिहवामा ट्रकको ठक्करबाट २२ वर्षीया महिलाको मृत्यु भएको छ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ ख २३६० नम्बरको ट्रकले ठक्कर दिँदा कपिलवस्तु नगरपालिका–२ निवासी २२ वर्षीया तक्दिरुन्निसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल, तौलिहवामा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।