logo
  • २२ कार्तिक २०८३ , शनिबार
    • ट्रेन्डिङ

    ७ वर्षीय बालक साइकल चलाउँदै ३५ कि.मि टाढा नेपाल–भारत सीमामा भेटिए


    ९ भाद्र २०८३ , मंगलबार

    ७ वर्षीय बालक साइकल चलाउँदै ३५ कि.मि टाढा नेपाल–भारत सीमामा भेटिए

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, ९ भदौ । रुपन्देहीको ओमसतिया–६ मझौली निवासी रमेश यादवका ७ वर्षीय छोरा आयुष यादव बिहान घर आँगनमा साइकल चलाउँदै निस्किएका थिए। करिब ७:३० बजेदेखि सम्पर्कविहीन भएका बालक दिउँसो ११ बजे पश्चिम नवलपरासीको भुजहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा भेटिएका छन्।

    ओमसतिया मझौलीदेखि भुजहवासम्मको दूरी करिब ३५ किलोमिटर रहेको छ। यत्रो लामो दूरी बालक एक्लै साइकल चलाउँदै कसरी पुगे भन्ने विषयमा परिवारले विभिन्न शंका व्यक्त गरेका छन्।

    परिवारका अनुसार बालक घरमा नभेटिएपछि सामाजिक सञ्जालमा फोटो र पहिचानसहित जानकारी सार्वजनिक गरी प्रहरीलाई समेत खबर गरिएको थियो। खोजतलासका क्रममा प्रहरी चौकी भुजहवाले बालकलाई फेला पारी परिवारलाई जानकारी गराएर हस्तान्तरण गरेको हो।

    हाल बालक हतास अवस्थामा रहेका छन् र केही पनि भन्न सक्ने अवस्थामा छैनन्। उनी सीमासम्म कसरी पुगे भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन। यस विषयमा सम्बन्धित निकायले गम्भीर खोज तथा अनुसन्धान गर्नु आवश्यक देखिएको छ। थप विवरण बालकको अवस्था सामान्य भएपछि उनकै भनाइबाट स्पष्ट हुनेछ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.