शहबाज खान । लुम्बिनीखबर
कपिलवस्तु, १० भदौ । कपिलवस्तुको कृष्णनगरमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १० लाख ८४ हजार ८ सय रुपैयाँ बराबरको विभिन्न प्रकारका औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ।
२०८३ भदौ १० गते सीमा सुरक्षा गुल्म हे।क्वा। कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त औषधि बरामद गरेको हो।बरामद गरिएका औषधि आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले जानकारी दिनुभयो।
सीमावर्ती क्षेत्रमा अवैध रूपमा हुने औषधि तथा अन्य सामग्रीको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।