logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढीपीडितका लागि रोटरी क्लब अफ भैरहवाद्वारा रु १ लाख १२ हजार सहयोग


    १४ भाद्र २०८३ , आइतबार

    बाढीपीडितका लागि रोटरी क्लब अफ भैरहवाद्वारा रु १ लाख १२ हजार सहयोग

    लुम्बिनीखबर
    भैरहवा, १४ भदौ । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रोटरी क्लब अफ भैरहवाले रु १ लाख १२ हजार २२२ सहयोग गरेको छ ।क्लबका अध्यक्ष रो. अजयकुमार गुप्ता र सचिव रो. हरिप्रसाद आचार्यले आज जारी गरेको विज्ञप्तिमार्फत बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरेको जानकारी दिनुभएको छ।

    क्लबले बाढीमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, हराइरहेका व्यक्तिहरूको शीघ्र सकुशल उद्धारको कामना गर्दै पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सरकारी निकायसँग समन्वय गरी सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

    क्लबले घोषित सहयोग आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमार्फत बाढीपीडितसम्म पुर्याउन अनुरोध गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.