लुम्बिनीखबर
भैरहवा, १७ भदौ । बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पञ्चकन्या समूहले रु १ करोड ५५ लाख सहयोग गरेको छ।समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। साथै समूहमा कार्यरत कर्मचारीले स्वेच्छिक रूपमा रु १५ लाख सहयोग गरेका छन्।
समूहका अनुसार आफ्नो ५५औँ स्थापना दिवसका अवसरमा आयोजना हुने कार्यक्रम स्थगित गरी उक्त रकम विपद् प्रभावितका लागि सहयोग गरिएको हो । समूहका महाप्रबन्धक देवेन्द्र साहुले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोगलाई निरन्तरता दिने बताउनुभयो।