logo
  • १७ भाद्र २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय


    १७ भाद्र २०८३ , बुधबार

    बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्ने लुम्बिनी प्रेस क्लबको निर्णय

    लुम्बिनीखबर
    भैरहवा, १७ भदौ । रसुवा, नुवाकोट र गोरखामा आएको बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको खोज, उद्धार र परिवारलाई सहयोग गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लबले रु १ लाख सहयोग गर्ने भएको छ।क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धारका साथै प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो।

    उहाँका अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा प्रेस काउन्सिल नेपालसँग समन्वय गरी उक्त रकम उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पत्रकारको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग समेत क्लबले आग्रह गरेको छ।क्लबका महासचिव प्रकाश न्यौपानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको बताउनुभयो। उहाँले विपद्को समयमा पत्रकार तथा सञ्चारमाध्यमसमेत प्रभावित भएकाले उनीहरूको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

    क्लबले बाढीबाट ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढी तथा पहिरोमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यसैबीच बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पत्रकार तथा सञ्चारमाध्यमलाई सबै प्रकारको सहयोग गर्न क्लब तयार रहेको कोषाध्यक्ष विष्णु भट्टराईले जानकारी दिनुभयो।

    लुम्बिनी प्रेस क्लबले क्लबका सह–कोषाध्यक्ष रविन्द्र गुप्ताको संयोजकत्वमा बाढी तथा पहिरोबाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग गर्ने निर्णय गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.