logo
  • २३ भाद्र २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    भिसा अनियमितता प्रकरणमा तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो पक्राउ


    १९ भाद्र २०८३ , शुक्रबार

    भिसा अनियमितता प्रकरणमा तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो पक्राउ

    लुम्बिनीखबर

    काठमाडौं, १९ भदौ  । अध्यागमन विभागमा कार्यरत रहँदा पद तथा पहुँचको दुरुपयोग गरी भिसा जारी गरेको र सरकारी राजश्व हिनामिना तथा सरकारी कागजात किर्ते गरेको आरोपमा तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र राजीव महतोसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुरको अनुसन्धानका क्रममा महतोलाई पक्राउ गरिएको हो । 

    अनुसन्धानका क्रममा महतोले अध्यागमन विभागको नेपाली पोर्ट प्रणालीमा रहेको आफ्नो पहुँच तथा पदको दुरुपयोग गरी कानुनबमोजिम लाग्ने भिसा शुल्कसमेत प्राप्त नगरी भिसा जारी गरेको, सरकारी राजश्व हिनामिना गरेको तथा सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार लक्जेम्बर्गका एक नागरिकले नियमानुसार रु. १ लाख ५९ हजार ४०८ (१,२०० अमेरिकी डलर) राजश्व दाखिला गरी प्राप्त गरेको आवासीय भिसा नम्बर E240000001 लाई महतोले मिति २०८० फागुन ९ गते (सन् २०२४ फेब्रुअरी २१) Travel Centralization System मार्फत बदनियतपूर्ण ढंगले अमेरिकी नागरिकको नाममा गैरकानुनी रूपमा ‘Create’ तथा ‘Approve’ गरी भिसा जारी गरेका थिए ।

    सोही कसुरमा संलग्न रहेको आरोपमा जिल्ला रौतहट, साविक भलोहिया गाविस–२ स्थायी घर भएका ३० वर्षीय राजीव महतोलाई पक्राउ गरिएको हो।

    महतोविरुद्ध पक्राउ अनुमति लिनका लागि मिति २०८३ भदौ १७ गते सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनलाई आज भदौ १८ गते ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीबाट पक्राउ गरेको हो।

    पक्राउ परेका महतोलाई लिखतसम्बन्धी कसुरमा ब्युरोको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.