लुम्बिनीखबर
काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विभिन्न कोष, बीमा तथा प्रहरी संगठनबाट गरी रु २० लाख ४० हजार आर्थिक सहायता उपलब्ध हुने भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार मृतक प्रहरीका परिवारलाई कल्याण कोषबाट रु ३ लाख, किरिया खर्चबापत रु ४० हजार, राष्ट्रिय वाणिज्य बैंकको बीमाबाट रु ५ लाख, राष्ट्रिय बीमा संस्थानबाट रु २ लाख र प्रहरी संगठनबाट राहतस्वरूप रु १० लाख उपलब्ध गराइनेछ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले भोटेकोशी बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई उक्त सुविधा उपलब्ध गराइने जानकारी दिनुभयो।