logo
  • २३ भाद्र २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढीपीडितका लागि मदरसा परिवारद्वारा १ लाख ६ हजार ४ सय ६० सहयोग


    २२ भाद्र २०८३ , सोमबार

    बाढीपीडितका लागि मदरसा परिवारद्वारा १ लाख ६ हजार ४ सय ६० सहयोग

    लुम्बिनीखबर

    लुम्बिनी, २२ भदौ । रसुवा, भोटेकोसी, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडिरियास्थित जामिया फैजुल इस्लाम अलसलफिया मदरसा परिवारले रु. १ लाख ६ हजार ४ सय ६० सहयोग गरेको छ।

    मदरसा विद्यालयका शिक्षक–शिक्षिका तथा छात्र–छात्राहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेका हुन्।

    विपद्को समयमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूले आफ्नोतर्फबाट रकम संकलन गरी सहयोग गरेको मदरसा प्रशासनले जनाएको छ।

    मदरसा परिवारले शिक्षा प्रदान गर्ने कार्यसँगै सामाजिक तथा मानवीय सेवामा समेत योगदान पुर्‍याउँदै आएको जनाइएको छ। विपद्को समयमा पीडित परिवारको सहयोगका लागि गरिएको यो मानवीय पहलले सामाजिक उत्तरदायित्व र एकताको सकारात्मक सन्देश दिएको छ।

    मदरसा परिवारको यस सहयोगबाट विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.